प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

४ किलो २१.४९ ग्राम सुन जस्तो बस्तु सहित मानिसहरु पक्राउ

२०७८-०६-१६

  • A
  • A-
  • A+
Share

बाँके, २०७८ भाद्र १८

जिल्लाको नेपालगंज उप-महानगरपालिका वडा नं. २० राँझा विमानस्थलबाट ४ किलो २१.४९ ग्राम सुन जस्तो देखिने पहेलो बस्तु बरामद भएको छ । काठमाण्डौबाट नेपालगंज आउने १४:०० बजेको श्री एयर लाईन्सको SHA433 नं. को विमानमा सवार जिल्ला झापा साविक खादुनावारी गा.वि.स. वडा नं. ६ बस्ते वर्ष २६ का अमिर लगुन विश्वकर्मा र जिल्ला मोरङ साविक लेटाङ गा.वि.स. वडा नं.२ बस्ने वर्ष २६ को बुद्दीमान खातीलाई चेकजाँच गर्ने क्रममा अमिर लगुन विश्वकर्माले लगाएको दाँया बाँया जुत्ताभित्र रहेको सुन जस्तो देखिने २/२ थान विस्कुट र वुद्दीमान खातीले लगाएको दाँया बाँया जुत्ताभित्र रहेको सुन जस्तो देखिन १/१ थान विस्कुट गरी जम्मा ६ थान विस्कुट र वुद्दीमान खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा सो झोला भित्र रहेको तिलहरी थान-१, बाला थान-१ गणेश लकेट थान-५ गरी जम्मा ४ किलो २१.४९ ग्राम सुन जस्तो पहेलो बस्तु अन्दाजी मुल्य ३,१३,२७,०००। बराबरको फेला पारी बरामद गरी घटनाको थप अनुसन्धान भै रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।