प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

४ किलो २१.४९ ग्राम सुन जस्तो बस्तु सहित मानिसहरु पक्राउ

२०७८-०६-१६

  • A
  • A-
  • A+
Share

बाँके, २०७८ भाद्र १८

जिल्लाको नेपालगंज उप-महानगरपालिका वडा नं. २० राँझा विमानस्थलबाट ४ किलो २१.४९ ग्राम सुन जस्तो देखिने पहेलो बस्तु बरामद भएको छ । काठमाण्डौबाट नेपालगंज आउने १४:०० बजेको श्री एयर लाईन्सको SHA433 नं. को विमानमा सवार जिल्ला झापा साविक खादुनावारी गा.वि.स. वडा नं. ६ बस्ते वर्ष २६ का अमिर लगुन विश्वकर्मा र जिल्ला मोरङ साविक लेटाङ गा.वि.स. वडा नं.२ बस्ने वर्ष २६ को बुद्दीमान खातीलाई चेकजाँच गर्ने क्रममा अमिर लगुन विश्वकर्माले लगाएको दाँया बाँया जुत्ताभित्र रहेको सुन जस्तो देखिने २/२ थान विस्कुट र वुद्दीमान खातीले लगाएको दाँया बाँया जुत्ताभित्र रहेको सुन जस्तो देखिन १/१ थान विस्कुट गरी जम्मा ६ थान विस्कुट र वुद्दीमान खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा सो झोला भित्र रहेको तिलहरी थान-१, बाला थान-१ गणेश लकेट थान-५ गरी जम्मा ४ किलो २१.४९ ग्राम सुन जस्तो पहेलो बस्तु अन्दाजी मुल्य ३,१३,२७,०००। बराबरको फेला पारी बरामद गरी घटनाको थप अनुसन्धान भै रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।