प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रांगा,भैंसि नियन्त्रणमा

२०७८-०६-२२

  • A
  • A-
  • A+
Share

नवलपरासी असोज २२,

नवलपरासीको बुलन्दपुरबाट ६ वटा राँगा भैसी नियन्त्रणमा लिईएको छ । मिति २०७८।०६।२२ गते ०९:०० बजे जिल्ला नवलपरासी सरावल गा.पा.७ बुलन्दपुर स्थित अवैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ पैदल ल्याउदै गरेको ५ वटा रांगा,१ वटा भैसी गरी खटिगएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। उक्त राँगा भैसीको अन्दाजी मुल्य रु.४२०,०००।- बराबर रहेको छ। थप कारवाहीका लागि नियन्त्रणमा लिइएका राँगा भैसी भन्सार कार्यालय बुझाइएको छ। 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।