प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ

२०८२-११-०८

  • A
  • A-
  • A+
Share

बाँके, खजुरा गाउँपालिका-४ एफ गाउँ ३७ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१२ बस्ने २८ वर्षीय प्रकाश रोकाया र २४ वर्षीय आगमन डाँगी रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले बा.प्र.०२-०४ प ०१८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध खजुरा गाउँपालिका-४ बस्ने ४२ वर्षीय गम्भिर थापा मगरबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात गम्भिरको घर तलासी अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ५० मिलिग्राम सहित फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

            रूपन्देही, गैडहवा गाउँपालिका-३ गोबडौरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका-१ बसन्तपुर बस्ने ३४ वर्षीय जगदिश कुर्मी र गैडहवा गाउँपालिका-४ कुसुमहवा बस्ने ३१ वर्षीय महेश कुर्मी रहेका छन् । इलाका प्रहरी कार्यालय सूर्यपुरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएका प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा प्रहरीले महेश कुर्मीको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१ ग्राम ४ सय ७० मिलिग्राम र डिजिटल तराजु फेला बरामद गरेको छ । 

                यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।