प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रांगा,भैंसि नियन्त्रणमा

२०७८-०६-२२

  • A
  • A-
  • A+
Share

नवलपरासी असोज २२,

नवलपरासीको बुलन्दपुरबाट ६ वटा राँगा भैसी नियन्त्रणमा लिईएको छ । मिति २०७८।०६।२२ गते ०९:०० बजे जिल्ला नवलपरासी सरावल गा.पा.७ बुलन्दपुर स्थित अवैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ पैदल ल्याउदै गरेको ५ वटा रांगा,१ वटा भैसी गरी खटिगएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। उक्त राँगा भैसीको अन्दाजी मुल्य रु.४२०,०००।- बराबर रहेको छ। थप कारवाहीका लागि नियन्त्रणमा लिइएका राँगा भैसी भन्सार कार्यालय बुझाइएको छ। 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।