प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रेडपाण्डाको छाला सहित मानिस नियन्त्रण

२०७८-०६-२३

  • A
  • A-
  • A+
Share

बाँके, असोज २३

२०७८।०६।२३ गते बिहान अन्दाजी ०५ः०० बजेको समयमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नम्बर ०४ बुद्ध मन्दिर नजिकै बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नम्बर ०१ बस्ने बर्ष २८ को मनिराम सुनारले बिक्रि बितरणको लागी साईड ब्यागमा राखि लिएको थान-१ रेड पाण्डाको छाला सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखि थप आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।