प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रेडपाण्डाको छाला सहित मानिस नियन्त्रण

२०७८-०६-२३

  • A
  • A-
  • A+
Share

बाँके, असोज २३

२०७८।०६।२३ गते बिहान अन्दाजी ०५ः०० बजेको समयमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नम्बर ०४ बुद्ध मन्दिर नजिकै बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नम्बर ०१ बस्ने बर्ष २८ को मनिराम सुनारले बिक्रि बितरणको लागी साईड ब्यागमा राखि लिएको थान-१ रेड पाण्डाको छाला सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखि थप आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।