प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०७८-०७-०१

  • A
  • A-
  • A+
Share

रुपन्देही, कात्तिक, ०१

मिति २०७८।०७।०१ गते अं.१७:०० बजेको समयमा जिल्ला रुपन्देही  मर्चवार गा.पा.वडा नं. ०२ मुडिला स्थित  ईलाका प्रहरी कार्यालय मर्चवार रुपन्देही मातहत  प्र.चौ. गुलरिया रुपन्देहीबाट खटिएको गस्ती टोलोले लु. ७८ प. ५६८५ नं.को मोटरसाईकललाई शंका लागि चेक जाँच गर्ने क्रममा मोटरसाईकल सवार जिल्ला रुपन्देही मर्चवार गा.पा.५ बस्ने वर्ष अं.२१ को राहुल पाण्डेको साथबाट १०५ ट्याबलेट NITRAZEPAM (प्रतिबन्धित लागु औषध) फेला पारी निज मोटरसाईकल चालक जिल्ला रुपन्देही मर्चवारी गा.पा. ५ ओडवलिया बस्ने वर्ष अं. १८ को निरज यादव सहित मोटरसाईकललाई नियन्त्रणमा लिई  आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीमा राखि थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।