प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०७८-०७-०१

  • A
  • A-
  • A+
Share

रुपन्देही, कात्तिक, ०१

मिति २०७८।०७।०१ गते अं.१७:०० बजेको समयमा जिल्ला रुपन्देही  मर्चवार गा.पा.वडा नं. ०२ मुडिला स्थित  ईलाका प्रहरी कार्यालय मर्चवार रुपन्देही मातहत  प्र.चौ. गुलरिया रुपन्देहीबाट खटिएको गस्ती टोलोले लु. ७८ प. ५६८५ नं.को मोटरसाईकललाई शंका लागि चेक जाँच गर्ने क्रममा मोटरसाईकल सवार जिल्ला रुपन्देही मर्चवार गा.पा.५ बस्ने वर्ष अं.२१ को राहुल पाण्डेको साथबाट १०५ ट्याबलेट NITRAZEPAM (प्रतिबन्धित लागु औषध) फेला पारी निज मोटरसाईकल चालक जिल्ला रुपन्देही मर्चवारी गा.पा. ५ ओडवलिया बस्ने वर्ष अं. १८ को निरज यादव सहित मोटरसाईकललाई नियन्त्रणमा लिई  आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीमा राखि थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।