प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

खोलाले मानिस बगाएर ३ जना मानिस बेपत्ता

२०७८-०७-०३

  • A
  • A-
  • A+
Share

प्युठान, ०३ कार्तिक,

प्युठान जिल्लामा खोलाले बगाएर तीन जना मानिसहरु बेपत्ता भएका छन् । कार्तिक १ गते देखि परेको अबिरल वर्षाका कारण माण्डवी गाउँपालिका वडा नं. ४ अरङखोलामा आएको बाढीले मिति २०७८।०७।०३ गते अन्दाजी ९:४५ बजेतिर खोला तर्ने क्रममा तीन जना मानिसरहरु वेपत्ता भएका हुन् । बेपत्ता हुनेमा जिल्ला प्युठान, माण्डवी गा.पा.-४ आँपचौर बस्ने टेक बहादुर कार्कीको श्रीमती बर्ष २८ की देवीसरा कार्की,    निजको छोरा बर्ष २ को दिनेश कार्की,  मधु अधिकारीको छोरी बर्ष ८ की अनुष्का अधिकारी रहेका छन् । निजहरुको खोजी कार्य जारी रहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।