प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

खोलाले मानिस बगाएर ३ जना मानिस बेपत्ता

२०७८-०७-०३

  • A
  • A-
  • A+
Share

प्युठान, ०३ कार्तिक,

प्युठान जिल्लामा खोलाले बगाएर तीन जना मानिसहरु बेपत्ता भएका छन् । कार्तिक १ गते देखि परेको अबिरल वर्षाका कारण माण्डवी गाउँपालिका वडा नं. ४ अरङखोलामा आएको बाढीले मिति २०७८।०७।०३ गते अन्दाजी ९:४५ बजेतिर खोला तर्ने क्रममा तीन जना मानिसरहरु वेपत्ता भएका हुन् । बेपत्ता हुनेमा जिल्ला प्युठान, माण्डवी गा.पा.-४ आँपचौर बस्ने टेक बहादुर कार्कीको श्रीमती बर्ष २८ की देवीसरा कार्की,    निजको छोरा बर्ष २ को दिनेश कार्की,  मधु अधिकारीको छोरी बर्ष ८ की अनुष्का अधिकारी रहेका छन् । निजहरुको खोजी कार्य जारी रहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।