प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०७८-०७-२५

  • A
  • A-
  • A+
Share

बाँके, कात्तिक

मिति २०७८।०७।२५ गते १८ः०० बजेको समयमा जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाह चेक पोस्टमा इलाका प्रहरी कार्यालय जमुनाह बाँके र लागू औषध नियन्त्रण ब्युरो बाँकेको संयुक्त टोलीले जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ तातोपानी बस्ने वर्ष ३० को बविन शाहीलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथ बाट २ लिटर कोरेक्स र नाइट्रोभेट १५ ट्याब्लेट फेला पारी निजलाई लागूऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखी अन्य थप आवश्यक अनुसन्धान कार्य भइरहेको

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।