प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०७८-०७-२५

  • A
  • A-
  • A+
Share

दाङ, कात्तिक

मिति २०७८/०७/२५ गते अन्दाजी १५:३०  बजे जिल्ला दाङ राप्ती गाउँपालिका वडा नम्बर ०१ पाखापानी स्थित पूर्व पश्चिम राजमार्गमा, गोप्य सूचनाको आधारमा ऐ. ऐ. बस्ने वर्ष १७ को मनोज पौडेललाई शंका लागी चेकजाँच गर्ने क्रममा निजले आफूले लगाएको जुत्ता भित्र लुकाई छिपाई राखेको अवस्थामा रहेको लागू औषध ब्राउन सूगर ) जस्तो देखिने खैरो पदार्थ ३ पोका फेला परेको र निज मनोज पौडेललाई सोधपुछ गर्ने क्रममा ऐ.ऐ. स्थानमा रहेको मेरो घरको सुत्ने कोठामा ऐ.ऐ. २ बस्ने वर्ष २१ को उमेश गुरुङ रहेको र निजले दिएको हो भनी जानकारी गराएकोमा सोही घरको कोठा चेक जाँच गर्ने क्रममा उमेश गुरूङ्गको साथ बाट ४ पोका लागू औषध ब्राउन सूगर ) जस्तो देखिने खैरो पदार्थ फेला परेको, दुबै जना सँग फेला परेको उक्त लागू औषध तत्काल तौल गर्दा अं.१ ग्राम ९२ मिली ग्राम रहेको उक्त पदार्थ सहित दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भालुबाङ दाङमा राखी थप आवश्यक अनुसन्धान कार्य भइरहेको

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।