प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०७८-०७-२५

  • A
  • A-
  • A+
Share

दाङ, कात्तिक

मिति २०७८/०७/२५ गते अन्दाजी १५:३०  बजे जिल्ला दाङ राप्ती गाउँपालिका वडा नम्बर ०१ पाखापानी स्थित पूर्व पश्चिम राजमार्गमा, गोप्य सूचनाको आधारमा ऐ. ऐ. बस्ने वर्ष १७ को मनोज पौडेललाई शंका लागी चेकजाँच गर्ने क्रममा निजले आफूले लगाएको जुत्ता भित्र लुकाई छिपाई राखेको अवस्थामा रहेको लागू औषध ब्राउन सूगर ) जस्तो देखिने खैरो पदार्थ ३ पोका फेला परेको र निज मनोज पौडेललाई सोधपुछ गर्ने क्रममा ऐ.ऐ. स्थानमा रहेको मेरो घरको सुत्ने कोठामा ऐ.ऐ. २ बस्ने वर्ष २१ को उमेश गुरुङ रहेको र निजले दिएको हो भनी जानकारी गराएकोमा सोही घरको कोठा चेक जाँच गर्ने क्रममा उमेश गुरूङ्गको साथ बाट ४ पोका लागू औषध ब्राउन सूगर ) जस्तो देखिने खैरो पदार्थ फेला परेको, दुबै जना सँग फेला परेको उक्त लागू औषध तत्काल तौल गर्दा अं.१ ग्राम ९२ मिली ग्राम रहेको उक्त पदार्थ सहित दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भालुबाङ दाङमा राखी थप आवश्यक अनुसन्धान कार्य भइरहेको

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २ जना पक्राउ
२०८२-०१-०९

   बाँके, नेपालगञ्ज उपमहानगरपालिका-२ पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ कारकाँदो बस्ने ४२ वर्षीय पुष्कर कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, देवदह नगरपालिका-५ खैरेनीचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४१ एम्पुल, फेनारगन ४१ एम्पुल र टेलजेसिक ४१ एम्पुल सहित कन्चन गाउँपालिका-५ रूद्रपुर बस्ने २४ वर्षीय यम बहादुर बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।