प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०७८-०७-२७

  • A
  • A-
  • A+
Share

दाङ, कात्तिक, २७

मिति २०७८।०७।२७ गते अं. १७:३० बजेको  समयमा जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं १३ बडरा बस्ने  बर्ष २३ को संगित गिरीले लागु औषध ब्राउन सुगरको बेच-बिखन गरिरहेको छ भन्ने जानकारी आएको हुदा उक्त स्थानमा  वडा प्रहरी कार्यालय घोराही, दाङबाट प्रहरी टोली खटी गई निजको घरको कोठा चेकजाँच गर्दा निजको घर कोठावाट अन्दाजी १.५ ग्राम (ब्राउन सुगर) जस्तो देखिने खैरो पदार्थ फेला पारी उक्त खैरो पदार्थ र निज संगित गिरीलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।