प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०७८-०७-२७

  • A
  • A-
  • A+
Share

दाङ, कात्तिक, २७

मिति २०७८।०७।२७ गते अं. १७:३० बजेको  समयमा जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं १३ बडरा बस्ने  बर्ष २३ को संगित गिरीले लागु औषध ब्राउन सुगरको बेच-बिखन गरिरहेको छ भन्ने जानकारी आएको हुदा उक्त स्थानमा  वडा प्रहरी कार्यालय घोराही, दाङबाट प्रहरी टोली खटी गई निजको घरको कोठा चेकजाँच गर्दा निजको घर कोठावाट अन्दाजी १.५ ग्राम (ब्राउन सुगर) जस्तो देखिने खैरो पदार्थ फेला पारी उक्त खैरो पदार्थ र निज संगित गिरीलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।