प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०७८-०७-३०

  • A
  • A-
  • A+
Share

कात्तिक, ३०

मिति २०७८।०७।३० गते अ.२१:०० बजेको समयमा जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा न.-५ नेपालगंज रोड स्थित पूर्वाञ्चल होटल एण्ड लजमा लागु औषध ब्राउनसुगरको कारोबार भैरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नं.१०१ मा चेकजांच गर्ने क्रममा जिल्ला नवलपरासी प्रतापपुर गाउपालिका वडा नं. ५ बस्ने बर्ष ३५ को मोहमद अफ्रोज मिया र जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका १ बस्ने बर्ष ४३ कि सम्झना हलुवाईको साथबाट २७ पुरिया (तौल २७ ग्राम ८०० मिलि ग्राम) लागु औषध ब्राउनसुगर जस्तो देखिने धुलो खैरो पदार्थ फेला परेको हुँदा निजहरुलाई ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको नियन्त्रणमा लिई थप अनुसन्धान  कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।