प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०७८-०७-३०

  • A
  • A-
  • A+
Share

कात्तिक, ३०

मिति २०७८।०७।३० गते अ.२१:०० बजेको समयमा जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा न.-५ नेपालगंज रोड स्थित पूर्वाञ्चल होटल एण्ड लजमा लागु औषध ब्राउनसुगरको कारोबार भैरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नं.१०१ मा चेकजांच गर्ने क्रममा जिल्ला नवलपरासी प्रतापपुर गाउपालिका वडा नं. ५ बस्ने बर्ष ३५ को मोहमद अफ्रोज मिया र जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका १ बस्ने बर्ष ४३ कि सम्झना हलुवाईको साथबाट २७ पुरिया (तौल २७ ग्राम ८०० मिलि ग्राम) लागु औषध ब्राउनसुगर जस्तो देखिने धुलो खैरो पदार्थ फेला परेको हुँदा निजहरुलाई ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको नियन्त्रणमा लिई थप अनुसन्धान  कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।