प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ब्राउन सुगर सहित भारतिय नागरिक पक्राउ ।

२०७८-०८-१४

  • A
  • A-
  • A+
Share

बर्दिया

 २०७८।०८।१४ गते इलाका प्रहरी कार्यालय ढोढरी बर्दिया र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं.. ५ स्थित देश भारत जिल्ला बहराइच तहसिल मिपुरुवा सुजौली थाना फकिरपुर बस्ने वर्ष २२ को रोहित कुमार गुप्तालाई शंका लागी रोकी चेकजाँच तथा खानतलासी गर्दा निजको शरीरको विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा १८ ग्राम ७६० मिली ग्राम लागू औषध (ब्राउनसुगर) फेला पारि लागू औषध सहित नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको ।

 

 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।