प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ब्राउन सुगर सहित भारतिय नागरिक पक्राउ ।

२०७८-०८-१४

  • A
  • A-
  • A+
Share

बर्दिया

 २०७८।०८।१४ गते इलाका प्रहरी कार्यालय ढोढरी बर्दिया र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं.. ५ स्थित देश भारत जिल्ला बहराइच तहसिल मिपुरुवा सुजौली थाना फकिरपुर बस्ने वर्ष २२ को रोहित कुमार गुप्तालाई शंका लागी रोकी चेकजाँच तथा खानतलासी गर्दा निजको शरीरको विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा १८ ग्राम ७६० मिली ग्राम लागू औषध (ब्राउनसुगर) फेला पारि लागू औषध सहित नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको ।

 

 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।