प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ब्राउन सुगर सहित २ जना पक्राउ ।

२०७८-०८-१४

  • A
  • A-
  • A+
Share

बर्दिया

 मिति २०७८।०८।१४ गते जिल्ला प्रहरी कार्यालय बर्दिया तथा इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गा.पा. वडा नं.०७ कर्णालीपुर स्थित फुटाह - कण्ठपुर सडकमा रहेको कर्णालीपुलमा बेलुका अं. ०५:१५ बजेको समयमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं.०२ सीतापुर बस्ने वर्ष २२ को प्रदिप सुनार र ऐ.ऐ. वडा नं. ०७ बस्ने वर्ष २१ को विशाल सिंह ठकुरीलाई चेकजाँच तथा शरीर खानतलासी गर्दा ९६० मिली ग्राम लागू औषध (ब्राउनसुगर) फेला पारी उक्त लागू औषध सहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखी थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।                                                                                        

 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।