प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ब्राउन सुगर सहित २ जना पक्राउ ।

२०७८-०८-१४

  • A
  • A-
  • A+
Share

बर्दिया

 मिति २०७८।०८।१४ गते जिल्ला प्रहरी कार्यालय बर्दिया तथा इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गा.पा. वडा नं.०७ कर्णालीपुर स्थित फुटाह - कण्ठपुर सडकमा रहेको कर्णालीपुलमा बेलुका अं. ०५:१५ बजेको समयमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं.०२ सीतापुर बस्ने वर्ष २२ को प्रदिप सुनार र ऐ.ऐ. वडा नं. ०७ बस्ने वर्ष २१ को विशाल सिंह ठकुरीलाई चेकजाँच तथा शरीर खानतलासी गर्दा ९६० मिली ग्राम लागू औषध (ब्राउनसुगर) फेला पारी उक्त लागू औषध सहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखी थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।                                                                                        

 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।