प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

१८ लाख बराबरको अबैध सामान पक्राउ

२०७८-०८-१९

  • A
  • A-
  • A+
Share

रुपन्देही, बुटवल उपमहानगरपालिका-२ तिनाउपुलमा अवैध रुपमा ल्याउँदै गरेको
करिब १८ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न कम्पनीका जुत्ताहरूसहित सैनामैना
नगरपालिका-४ मुर्गिया बस्ने ३२ वर्षीय बिष्णु थारुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको
छ । कपिलवस्तुबाट बुटवलतर्फ जाँदै गरेको लु.१ च ८२१३ नम्बरको बलेरोलाई जिल्ला प्रहरी
कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाडीमा अबैध रुपमा ल्याउँदै
गरेको उक्त सामानसहित गाडीका चालक बिष्णुलाई प्रहरीले पक्राउ गरेको हो । बरामद भएको
सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।