प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गैडाको खाग सहित मानिस नियन्त्रणमा

२०७८-०८-२२

  • A
  • A-
  • A+
Share

रुपन्देही मंसिर २२,

 जिल्लाको बुटवल उप-महानगरपालिका वडा नं. ५ मा रहेको हरियाली होटलबाट ४ जना मानिस सहित गैडाको खाग बरामद गरिएको छ । मिति २०७८।०८।२२ गते अन्दाजी १६:०० बजेको समयमा गैडाको खागको कारोवार गर्ने मानिसहरु रहेको भन्ने सुचनाको आधार  खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही वुटवल उप-महागनरपालिका नं.५ न्यूरोड स्थितमा रहेको हरियाली होटल एण्ड लजको चौथो तलाको ११८ नम्बर कोठामा शंकास्पद रुपमा बसेका जिल्ला अर्घाखाँची छत्रकोट गा.पा.वडा नं.७ सुर्यथुम बस्ने वर्ष ४८ को नर बहादुर सुनार,ऐ.ऐ. बस्ने वर्ष ५८ को पदम  सुनार र ऐ.ऐ. वडा नं.५ रानीचाप बस्ने वर्ष २८ को सुमन न्यौपानेलाई तलासी लिदा निजहरु मध्येका सुमन न्यौपानेले लगाएको ज्याकेटको वाया भित्री गोजिमा  कालो रङको ४  ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैडाको खाग बदामद भएको हो । निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।