प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७८-०८-२२

  • A
  • A-
  • A+
Share

 बाँके मंसिर २२,

नेपालगंजमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको लागूऔषध ब्राउन सुगर सहित मानिस पक्राउ पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१६ जयसपुर बस्ने बर्ष अं.३० को सेर जोलाहा हुन।  मिति २०७८।०८।२२ गते अन्दाजी १४;३० बजेको समयमा जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१६ जयसपुर स्थित यस चौकी र ला.औ.नि.ब्युरो नेपालगंज बाँकेबाट  खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा  जोलाहाको साथबाट भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको ला.औ.ब्राउनसुगर  ५ ग्राम ५०० मिलीग्राम बरामद गरी मानिस सहित नियन्त्रणमा ल्याई आवस्यक कार्वाहीको लागी  जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।