प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

काठ सहित मानिस र टेक्टर नियन्त्रणमा

२०७८-०८-२७

  • A
  • A-
  • A+
Share

रुपन्देही, २७

मिति २०७८।०८।२७ गते १६:२० बजेको समयमा ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले जिल्ला  रुपन्देही मायादेवी  गाउपालिका वडा नं.४ झुलनीपुरबाट  लु.२त.१९०१ नं को टेक्टरमा  अबैध रुपमा भैरहवाबाट लुम्बिनी तर्फ ल्याउदै गरेको  सिमल जातको काठको गोलिया-२० थान  (अं.मुल्य ८०,०००।– बराबरको ) बरामद गरि ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।