लागूऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०९-०५
- A
- A-
- A+
दाङ, ०५
मिति २०७८।०९।०५ गते लमही नगरपालिका-९ अमिलिया बजारबाट करिब १ सय ५० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बाँके नेपालगंज उपमहानगरपालिका-१८ बस्ने ४५ वर्षीया चन्दा राना समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।