प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०७८-०९-११

  • A
  • A-
  • A+
Share

बाँके, ११

मिति २०७८।०९।११ गते ०९ः४० बजेको समयमा जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.१० भृकुटी नगर स्थित बिजयमान श्रेष्ठको घरमा कोठा भाडा लिई  जिल्ला बर्दिया बढैया गा.पा.  ४ बस्ने वर्ष २० को बिकास नेपाली र जिल्ला डडेलधुरा जोगडा गाउपालिका बस्ने वर्ष २१ कि निर्मला वलीलाई  गस्ती गर्ने क्रममा शंका लागि चेकजाँच गर्दा निजहरु बस्ने कोठामा राखेको ४५० मिलि ग्राम ब्राउन सुगर र तौल गर्ने भाडा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ
२०८०-०८-२०

बर्दियाबढैयाताल गाउँपालिका-७ बाट १ जना र सोही गाउँपालिका-२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् । भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । यसैगरी बढैयाताल गाउँपालिका-२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका-१ ठूलो डाँफे बस्ने २२ वर्षीय रवी रसाईली समेत ३ जना रहेका छन् । प्रदेश २-०३-०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले  १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।