प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०७८-०९-११

  • A
  • A-
  • A+
Share

बाँके, ११

मिति २०७८।०९।११ गते ०९ः४० बजेको समयमा जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.१० भृकुटी नगर स्थित बिजयमान श्रेष्ठको घरमा कोठा भाडा लिई  जिल्ला बर्दिया बढैया गा.पा.  ४ बस्ने वर्ष २० को बिकास नेपाली र जिल्ला डडेलधुरा जोगडा गाउपालिका बस्ने वर्ष २१ कि निर्मला वलीलाई  गस्ती गर्ने क्रममा शंका लागि चेकजाँच गर्दा निजहरु बस्ने कोठामा राखेको ४५० मिलि ग्राम ब्राउन सुगर र तौल गर्ने भाडा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।