प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सेवन प्रयोग हुने विभिन्न सामान र श्रोत नखुलेको रु. ३५,८५,२१४ ।- रुपैयाँ सहित मानिस नियन्त्रणमा ।

२०७८-०९-२५

  • A
  • A-
  • A+
Share

कपिलवस्तु पौष २३,

  कपिलबस्तु नगरपालिका वडा नं. ०९ हर्नामपुर घर भएका चेतन खटिक भन्ने राम बहादुर खटिकको घरबाट लागूऔषध सेवनमा प्रयोग हुने विभिन्न सामाग्रीहरु सहित श्रोत नखुलेको रु. ३५,८५,२१४।- रुपैयाँ बरामद भएको छ ।

मिति २०७८।०९।२३ गते अन्दाजी राति २४:०० बजेको समयमा चेतन खटिक भन्ने राम बहादुर खटिकको घरमा लागूऔषधको कारोबार भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्र.नि. दिनेश गुरुङको कमाण्डमा प्रहरी टोली खटी गई निजको घर रितपुर्बक खान तलासी गर्ने क्रममा निज सुत्ने कोठामा रहेको बाक्सामा स्रोत नखुलेको नेपाली रु. २,४३,३८५ ।- (अक्षरुपी दुई लाख त्रिचालिस हजार तीन सय पचासी रुपैयाँ) र भारतिय रु. २,६३० ।- (अक्षरुपी दुई हजार छ तीस रुपैयाँ) र सोही कोठामा रहेको स्टिलको दराजमा श्रोत नखुलेको नेपाली रु. ३०,४२,८०५ ।- (अक्षरुपी तिस लाख बयालिस हजार आठ सय पाँच रुपैयाँ) र भारतिय रु. १,८२,४१० ।- (अक्षरुपी एकलाख बयासी हजार चार सय दश रुपैयाँ) रकम एक मुष्ठ जोड गर्दा नेपाली रु. ३५,८५,२१४ ।- (अक्षरुपी पैतिस लाख पचासी हजार दुई सय चौध रुपैयाँ) , उक्त दराज तथा बाक्सामा बिभिन्न कम्पनीका १६ थान मोबाईल, लागूऔषध सेवन गर्न प्रयोग हुने स्टिल पेपर रोल थान १, बिभिन्न कलरको लाईटर थान १०, लागूऔषध सेवन गर्न प्रयोग भएको स्टिल पेपर थान ४, स्टिलको थाल थान १, चक्कु थान १, लागूऔषध सेवन गर्न प्रयोग भएको कागजको रोल थान २, ब्लेडको आधा टुक्रा थान १ र लागूऔषध सेवन गर्न प्रयोग भएको भारतिय १ रुपैयाँको सिक्का समेत वरामद गरी, निज चेतन खटिक भन्ने राम बहादुर खटिकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।