प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा:-

२०७८-०९-२८

  • A
  • A-
  • A+
Share

बाँके पौष २८,

मिति २०७८।०९।२७ गते अन्दाजी २२:१० बजेको समयमा जिल्ला बाँके, नेपालगंज उ.म.न.पा. वडा नं. १५ जमुनाह चेक प्वाइन्टमा खटिएको प्रहरी टोलिले भारतबाट आउदै गरेको जिल्ला दाङ, घोराही उ.म.न.पा. वडा नं. १३ बस्ने अन्दाजी बर्ष ३६ को अरुण रोका मगरलाई शंकालागि चेकजाँच गर्दा निजको साथबाट १६ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।