प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा:-

२०७८-०९-२८

  • A
  • A-
  • A+
Share

बाँके पौष २८,

मिति २०७८।०९।२७ गते अन्दाजी २२:१० बजेको समयमा जिल्ला बाँके, नेपालगंज उ.म.न.पा. वडा नं. १५ जमुनाह चेक प्वाइन्टमा खटिएको प्रहरी टोलिले भारतबाट आउदै गरेको जिल्ला दाङ, घोराही उ.म.न.पा. वडा नं. १३ बस्ने अन्दाजी बर्ष ३६ को अरुण रोका मगरलाई शंकालागि चेकजाँच गर्दा निजको साथबाट १६ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।