प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध चरेस सहित २ जना नियन्त्रणमा

२०७८-१०-०५

  • A
  • A-
  • A+
Share

दाङ, २०७८ माघ ०५,

अर्घाखाँची, सितगंगा न.पा. वडा नं.  ८ सातमाराबाट लागूऔषध चरेस सहित २ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला दाङ, राप्ती गा.पा. वडा नं. १ पुलचोक बस्ने अन्दाजी बर्ष ४३ को बिर बहादुर खत्री र अन्दाजी बर्ष ३७ को मनोज थापा पक्राउ परेका हुन् । प्रहरी टोलीलाई शंका लागि चेकजाँच गर्ने क्रममा बिर बहादुर खत्रीको साथबाट १ के.जी. ४३० ग्राम लागूऔषध चरेस जस्तो पदार्थ बरामद भएको थियो । निज व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार