प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवा खेलिरहेको अवस्थामा मानिसहरु पक्राउ:

२०७८-१०-२०

  • A
  • A-
  • A+
Share

दाङ, शान्तिनगर गाँउपालिका वडा नं. ५ बैशाबाट जुवा खेल्दै गरेका ८ जना व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जिल्ला दाङ शान्तिनगर गा.पा. ७ बस्ने बर्ष ३२ को बिर ब. रावत, बर्ष ४५ उत्तम डाँगी,  बर्ष ४० को प्रमोद खड्का, तुलसीपुर उ.म.न.पा. ९ बस्ने बर्ष ३० को राज कुमार बोहरा, बर्ष ५८ को धुर्व शाह, बबई गाँउपालिका वडा नं.  ४ बस्ने बर्ष ४० को बलिराम खत्री, शान्तिनगर गाँउपालिका वडा नं.  ५ बैशा बस्ने बर्ष ३२ को निराजन मल्ल र  देश भारत बस्ने बर्ष ३५ को हजरत अली रहेका छन् ।

मिति २०७८।१९।१९ गते २२:१० बजे  निराजन मल्लको घरमा अवैध रुपमा जुवा खेलिरहेको अबस्थामा निजहरुलाई १ गड्डी खोलेको तास र नगद रु. २,८२,३०५ (दुई लाख बयासी हजार तिन सय पाँच) सहित नियन्त्रणमा लिइएको हो । हाल घटनाको थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।