प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवा खेलिरहेको अवस्थामा मानिसहरु पक्राउ:

२०७८-१०-२०

  • A
  • A-
  • A+
Share

दाङ, शान्तिनगर गाँउपालिका वडा नं. ५ बैशाबाट जुवा खेल्दै गरेका ८ जना व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जिल्ला दाङ शान्तिनगर गा.पा. ७ बस्ने बर्ष ३२ को बिर ब. रावत, बर्ष ४५ उत्तम डाँगी,  बर्ष ४० को प्रमोद खड्का, तुलसीपुर उ.म.न.पा. ९ बस्ने बर्ष ३० को राज कुमार बोहरा, बर्ष ५८ को धुर्व शाह, बबई गाँउपालिका वडा नं.  ४ बस्ने बर्ष ४० को बलिराम खत्री, शान्तिनगर गाँउपालिका वडा नं.  ५ बैशा बस्ने बर्ष ३२ को निराजन मल्ल र  देश भारत बस्ने बर्ष ३५ को हजरत अली रहेका छन् ।

मिति २०७८।१९।१९ गते २२:१० बजे  निराजन मल्लको घरमा अवैध रुपमा जुवा खेलिरहेको अबस्थामा निजहरुलाई १ गड्डी खोलेको तास र नगद रु. २,८२,३०५ (दुई लाख बयासी हजार तिन सय पाँच) सहित नियन्त्रणमा लिइएको हो । हाल घटनाको थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।