प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध हिरोईन सहित मानिस पक्राउः-

२०७८-१०-२०

  • A
  • A-
  • A+
Share

दाङ, घोराही उ.म.न.पा. वडा नं. १७ गुलरीयाबाट लागूऔषध खैरो हिरोइन सहित मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा  जिल्ला दाङ, घोराही उ.म.न.पा. वड नं. १२ हापुर बस्ने वर्ष २६ को दिपेन्द्र खड्का रहेका छन् ।

मिति २०७८।१० गते १४:४५ बजेको समयमा घोराही उ.म.न.पा. वडा नं. १७ गुलरीयामा लागूऔषध ओसार पसार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरी टोली खटि गई उक्त स्थानमा बाटो छेउको कलवटमा संकास्पद रूपमा उभिएका दिपेन्द्र खड्कालाई चेकजाँच गर्दा निजको साथबाट shikhar ice लेखेको चुरोटको डिब्बा भित्र लागूऔषध खैरो होरोईनको सानो सानो ३४ पुडिया (क्वाटर) (१ ग्राम ३८० मिलि ग्राम) बरामद गरी निजलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।