प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु ।

२०७८-१०-२३

  • A
  • A-
  • A+
Share

प्युठान, गौमुखी गाँउपालिका वडा नं.  ६ ओखरपाटामा ग.१.ज. ५०९२ नम्बरको महेन्द्रा जिप दुर्घटना हुँदा ८ जना व्यक्तिहरुको मृत्यु भएको छ ।

मिति २०७८।१०।२२ गते लुङबाट विवाहको दुलाही लिएर फर्कदै गरेको जिप  गौमुखी गाँउपालिका वडा नं.  ६ ओखरपाटामा रोड देखि अन्दाजी १००। १५० मिटर तल खसी दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा नै मृत्यु भएको र बाँकी ७ जना घाइते भएकोमा २ जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा  जिल्ला प्यूठान, गौमुखी गा.पा. ६  लिवाङ बस्ने  बर्ष  ३९ को बसन्त खड्का, निजको छोरी बर्ष ११ की एलिसा खड्का, अन्दाजी बर्ष ३९/४० की बसन्ती खड्का, बर्ष २९ की केसरी खड्का,  अन्दाजी बर्ष ५०/५२ को बल बहादुर बुढामगर,  बर्ष ३२ को खिम बहादुर खत्री, बर्ष ५२ की नन्दी खड्का र  जिल्ला प्यूठान नौबहिनी गा.पा. ६ लुङ बस्ने बर्ष १८ कि बिपना जि.सी. रहेका छन् ।  अन्य घइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।