प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

शैक्षिक सुधारको नाममा अफवाह फैलाई विद्युतीय तथा स्टेशनरी सामग्रीहरु बिक्री गरी ठगी गर्ने व्यक्ती पक्राउ

२०७८-१०-२६

  • A
  • A-
  • A+
Share

बर्दीया, गुलरिया नगरपालिका वडा नं. ६ स्थित बगलामुखी विद्यालयको परिसरबाट  शैक्षिक सुधारको नाममा अफवाह फैलाई विद्युतीय तथा स्टेशनरी सामग्रीहरु बिक्री गरी ठगी गरिरहेका एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं. २५ बस्ने ३९ वर्षीय प्रकाश बराल क्षेत्री रहेका छन् ।

क्षेत्रीले जिल्लाका विभिन्न स्थानहरुमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ब्यानर प्रयोग गरी साईवर एण्ड लाईब्रेरी नाम गरेको प्रोजेक्टको नामबाट प्रविधिसँग जानकार नभएका विद्यालय तथा संघ संस्थाहरुलाई सहुलियतमा विद्युतीय तथा स्टेशनरी सामग्रीहरु वितरण हुँदैछ भन्दै प्रलोभन देखाई न्यून गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु उच्च मुल्यमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले मिति २०७८।१०। २४  गते बगलामुखी विद्यालयबाट नगद १ लाख ९२ हजार रुपैयाँ, विभिन्न बैकका चेक ३ थान, साईवर एण्ड लाईब्रेरीको नाममा रहेको बिल ठेली ४ थान, र  Lotte Choco Pie र सुर्य चुरोटको कार्टुन भित्र प्याकेजिङ गरिएका  प्रिन्टर १९ थान, मोनिटर १९ थान, सि.पि.यु. १९ थान, प्रोजेक्टर १७ थान, पेनड्राईभ १७ थान, क्याल्कुलेटर १७ थान, राईटिङ बोर्ड २० थान, सिसिटिभि क्यामेरा १८ थान, किबोर्ड १९  थान, नेपाली बृहत शब्दकोष किताब ७ थान, अक्सफोर्ड लगायतका विभिन्न पुस्तक ३० थान, क्यालेन्डर २९ थान सामग्रीहरु सहित निजलाई नियन्त्रणमा लिएको थियो ।  निजले Email, Whats app, Text message को प्रयोग गरी विशिष्ट व्यक्तिहरुको नाम उल्लेख गरी शैक्षिक संस्थाहरुलाई  सहुलियतमा विद्युतीय तथा स्टेशनरी सामग्रीहरु वितरण हुँदैछ भन्दै Message पठाई प्रलोभनमा पारी कम गुणस्तरीय सामग्रीहरु उच्च मुल्यमा विक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। घटनाको थप अनुसन्धान भई रहेको छ        

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०६-२६

दाङ, घोराही उपमहानगरपालिका-१२ हापुरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका- ७ पर्सेनी बस्ने २४ वर्षीय पियुस जिसी र सोही उपमहानगरपालिका-६ बस्ने २० वर्षीय एलिक्स केसी रहेका छन् । अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरीले रा.७ प ४२८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा घोराही उपमहानगरपालिका-९ घर भई सोही उपमहानगरपालिका-१५ बुद्धि ग्यारेज बस्ने ५३ वर्षीय खुम बहादुर खत्रीबाट खरिद गरी ल्याएको खुल्न आएपश्चात घोराही उपमहानगरपालिका-१५ नवज्योती टोलबाट खुम बहादुरलाई ट्रामाडोल १ हजार ४० ट्याब्लेट र नगद ५ हजार ४ सय ७० रूपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको रा.२ प ५०७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०८२-०६-१८

कपिलवस्तु, शिवराज नगरपालिका-१ बनकसबासस्थित सडकमा धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ख ५७०३ नम्बरको बस अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा बसमा सवार डोटी दिपायल सिलगढी नगरपालिका-१ टिखा बस्ने १८ वर्षीया सरस्वती खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवारमध्ये ३ जनाको सोही अस्पतालमा, १२ जनाको चौराहा अस्पताल बुटवलमा र ९ जनाको सन्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।