प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

शैक्षिक सुधारको नाममा अफवाह फैलाई विद्युतीय तथा स्टेशनरी सामग्रीहरु बिक्री गरी ठगी गर्ने व्यक्ती पक्राउ

२०७८-१०-२६

  • A
  • A-
  • A+
Share

बर्दीया, गुलरिया नगरपालिका वडा नं. ६ स्थित बगलामुखी विद्यालयको परिसरबाट  शैक्षिक सुधारको नाममा अफवाह फैलाई विद्युतीय तथा स्टेशनरी सामग्रीहरु बिक्री गरी ठगी गरिरहेका एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं. २५ बस्ने ३९ वर्षीय प्रकाश बराल क्षेत्री रहेका छन् ।

क्षेत्रीले जिल्लाका विभिन्न स्थानहरुमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ब्यानर प्रयोग गरी साईवर एण्ड लाईब्रेरी नाम गरेको प्रोजेक्टको नामबाट प्रविधिसँग जानकार नभएका विद्यालय तथा संघ संस्थाहरुलाई सहुलियतमा विद्युतीय तथा स्टेशनरी सामग्रीहरु वितरण हुँदैछ भन्दै प्रलोभन देखाई न्यून गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु उच्च मुल्यमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले मिति २०७८।१०। २४  गते बगलामुखी विद्यालयबाट नगद १ लाख ९२ हजार रुपैयाँ, विभिन्न बैकका चेक ३ थान, साईवर एण्ड लाईब्रेरीको नाममा रहेको बिल ठेली ४ थान, र  Lotte Choco Pie र सुर्य चुरोटको कार्टुन भित्र प्याकेजिङ गरिएका  प्रिन्टर १९ थान, मोनिटर १९ थान, सि.पि.यु. १९ थान, प्रोजेक्टर १७ थान, पेनड्राईभ १७ थान, क्याल्कुलेटर १७ थान, राईटिङ बोर्ड २० थान, सिसिटिभि क्यामेरा १८ थान, किबोर्ड १९  थान, नेपाली बृहत शब्दकोष किताब ७ थान, अक्सफोर्ड लगायतका विभिन्न पुस्तक ३० थान, क्यालेन्डर २९ थान सामग्रीहरु सहित निजलाई नियन्त्रणमा लिएको थियो ।  निजले Email, Whats app, Text message को प्रयोग गरी विशिष्ट व्यक्तिहरुको नाम उल्लेख गरी शैक्षिक संस्थाहरुलाई  सहुलियतमा विद्युतीय तथा स्टेशनरी सामग्रीहरु वितरण हुँदैछ भन्दै Message पठाई प्रलोभनमा पारी कम गुणस्तरीय सामग्रीहरु उच्च मुल्यमा विक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। घटनाको थप अनुसन्धान भई रहेको छ        

सम्बन्धित समाचार
बोलेरो पिकअपसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
२०८३-०२-१८

दाङ, लमही नगरपालिका–७ पदमिनी खोलास्थित पूर्व–पश्चिम राजमार्गमा बोलेरो पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको बा.६५ प.१८८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट अमिलियाबाट लमहीतर्फ आउँदै गरेको लु.२ च.९६१७ नम्बरको बोलेरो पिकअप एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक बर्दियाको गेरुवा गाउँपालिका–४ मैनापोखर निवासी ३३ वर्षीय खिम तिमिल्सिना गम्भीर घाइते भएका थिए।घाइते तिमिल्सिनालाई उपचारका लागि लमही अस्पताल दाङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।दुर्घटनामा संलग्न बोलेरो पिकअप चालक दाङ लमही नगरपालिका–६ मध्यनगर निवासी २८ वर्षीय रोहन चौधरी, बोलेरो पिकअप तथा मोटरसाइकल प्रहरी चौकी सतबरियाको नियन्त्रणमा रहेका छन्।मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

टिप्परको ठक्करबाट मोटरसाइकल चालक र बालकको मृत्यु
२०८३-०२-१८

दाङ, तुलसीपुर उपमहानगरपालिका–५ गुल्मचोकमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक र एक बालकको मृत्यु भएको छ।तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा.४ प.३३९० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आई बाटो क्रस गर्दै गरेको रा.१ ख.२१९२ नम्बरको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको हो।दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली, उनकी श्रीमती ३४ वर्षीया अनुषा नेपाली र ५ वर्षीय छोरा मिनाराज नेपाली घाइते भएका थिए। घाइतेमध्ये मनोज नेपालीको टाउको र छातीमा गम्भीर चोट लागेको थियो भने मिनाराज नेपाली पनि गम्भीर घाइते भएका थिए। अनुषा नेपालीको अवस्था सामान्य रहेको थियो।उनीहरूलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा थप उपचारका लागि मनोज नेपाली र मिनाराज नेपालीलाई नेपालगञ्जस्थित साइन्सेस प्रालिमा रेफर गरिएको थियो। उपचारकै क्रममा चिकित्सकले मिनाराज नेपाली र मनोज नेपाली मृत घोषणा गरेका थिए।मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ। घाइते अनुषा नेपाली उपचारपछि डिस्चार्ज भएकी छन्।दुर्घटनामा संलग्न टिप्पर, टिप्पर चालक दाङ शान्तिनगर गाउँपालिका–३ निवासी ३९ वर्षीय शेरबहादुर थापा तथा मोटरसाइकल इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेका छन्। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

करेन्ट लागेर एक जनाको मृत्यु
२०८३-०२-१८

रोल्पा, माडी गाउँपालिका–४ तार्केवाङस्थित स्याङखोलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा माडी गाउँपालिका–२ घर्तिगाउँ निवासी अन्दाजी ३९ वर्षीय हरिबहादुर घर्ती मगर रहेका छन्।हरिबहादुर घर्ती मगर र माडी गाउँपालिका–६ कोर्चावाङ निवासी ३४ वर्षीय कर्मलाल घर्ती मगर रा.१ च.११७४ नम्बरको पिकअप गाडी धुनका लागि स्याङखोलामा गएका थिए। सो क्रममा चालक कर्मलाल घर्ती मगरले गाडी धोइरहेका बेला हरिबहादुर घर्ती मगर आफूसँग रहेको १२ भोल्टको ब्याट्री लिएर घटनास्थलबाट करिब १५० मिटर पश्चिमतर्फ माछा मार्न गएका थिए।पछि एक बाख्रा गोठालाले उनलाई खोलाको किनारमा पल्टिएको अवस्थामा देखेपछि चालकलाई खबर गरेका थिए। चालक घटनास्थलमा पुगेर हेर्दा हरिबहादुर घर्ती मगरको मृत्यु भइसकेको अवस्थामा फेला परेको थियो।घटनास्थलबाट १२ भोल्टको ब्याट्री, तार, पिकअप गाडी तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ।मृतकको शव पोष्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा पठाइएको छ। 

सवारी दुर्घटनामा २ जनाको मृत्यु
२०८२-१२-२३

गुल्मी, गुल्मी दरबार गाउँपालिका-४ मिसुकास्थित सडकमा बिरबासबाट मिसुकातर्फ जाँदै गरेको लु.१ च ४९०६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सोही ठाउँ बस्ने फुलमाया श्रेष्ठको घरमा ठोक्किएर आइतबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीया कृष्णा ढेगा र ४० वर्षीया मिना सनामी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य १० जनाको लुम्बिनी मेडीकल कलेज प्रभासमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।