प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

शैक्षिक सुधारको नाममा अफवाह फैलाई विद्युतीय तथा स्टेशनरी सामग्रीहरु बिक्री गरी ठगी गर्ने व्यक्ती पक्राउ

२०७८-१०-२६

  • A
  • A-
  • A+
Share

बर्दीया, गुलरिया नगरपालिका वडा नं. ६ स्थित बगलामुखी विद्यालयको परिसरबाट  शैक्षिक सुधारको नाममा अफवाह फैलाई विद्युतीय तथा स्टेशनरी सामग्रीहरु बिक्री गरी ठगी गरिरहेका एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं. २५ बस्ने ३९ वर्षीय प्रकाश बराल क्षेत्री रहेका छन् ।

क्षेत्रीले जिल्लाका विभिन्न स्थानहरुमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ब्यानर प्रयोग गरी साईवर एण्ड लाईब्रेरी नाम गरेको प्रोजेक्टको नामबाट प्रविधिसँग जानकार नभएका विद्यालय तथा संघ संस्थाहरुलाई सहुलियतमा विद्युतीय तथा स्टेशनरी सामग्रीहरु वितरण हुँदैछ भन्दै प्रलोभन देखाई न्यून गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु उच्च मुल्यमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले मिति २०७८।१०। २४  गते बगलामुखी विद्यालयबाट नगद १ लाख ९२ हजार रुपैयाँ, विभिन्न बैकका चेक ३ थान, साईवर एण्ड लाईब्रेरीको नाममा रहेको बिल ठेली ४ थान, र  Lotte Choco Pie र सुर्य चुरोटको कार्टुन भित्र प्याकेजिङ गरिएका  प्रिन्टर १९ थान, मोनिटर १९ थान, सि.पि.यु. १९ थान, प्रोजेक्टर १७ थान, पेनड्राईभ १७ थान, क्याल्कुलेटर १७ थान, राईटिङ बोर्ड २० थान, सिसिटिभि क्यामेरा १८ थान, किबोर्ड १९  थान, नेपाली बृहत शब्दकोष किताब ७ थान, अक्सफोर्ड लगायतका विभिन्न पुस्तक ३० थान, क्यालेन्डर २९ थान सामग्रीहरु सहित निजलाई नियन्त्रणमा लिएको थियो ।  निजले Email, Whats app, Text message को प्रयोग गरी विशिष्ट व्यक्तिहरुको नाम उल्लेख गरी शैक्षिक संस्थाहरुलाई  सहुलियतमा विद्युतीय तथा स्टेशनरी सामग्रीहरु वितरण हुँदैछ भन्दै Message पठाई प्रलोभनमा पारी कम गुणस्तरीय सामग्रीहरु उच्च मुल्यमा विक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। घटनाको थप अनुसन्धान भई रहेको छ  ।      

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।