प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दाङमा आगलागी हुँदा ५ जनाको मृत्यु:

२०७८-१०-२८

  • A
  • A-
  • A+
Share

दाङ, तुलसीपुर उ.म.न.पा.वडा नं. ५ तुलसी बोडिङ चोक नजिक घरमा आगालागी हुँदा ५ जना व्यक्तिहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला दाङ, तुलसीपुर उ.म.न.पा. ५ बस्ने अन्दाजी बर्ष १३। १४ की सिजता खातुन, अन्दाजी बर्ष १४।१५ को हर्सन बकस, अन्दाजी बर्ष १५।१६ को मसिम बकस,अन्दाजी बर्ष ४०।४२ को नजरदिन अली, अन्दाजी बर्ष ५।६ को आदिददिन अली रहेका छन् ।

                    मिति २०७८।१०।२८  गते राती अन्दाजी ०२:०० बजे बक्स बहादुर के.सी.को घरमा हुसेन बक्सले संचालन गरेको ईरम फुटवयर (जुत्ता चप्पल पसल) मा बिजुलीको तार सर्ट भई अचानक आगलागी भएको थियो ।  आगो नेपाल प्रहरी, नेपाल आर्मी ,सशस्त्र प्रहरी, दमकल र स्थानिय बासीको सहयोगमा बिहान ०७:१० बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगालागीबाट घर तथा पसलमा क्षती भएता पनि क्षतीको एकिन विवरण आउन बाँकी छ ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।