प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दाङमा आगलागी हुँदा ५ जनाको मृत्यु:

२०७८-१०-२८

  • A
  • A-
  • A+
Share

दाङ, तुलसीपुर उ.म.न.पा.वडा नं. ५ तुलसी बोडिङ चोक नजिक घरमा आगालागी हुँदा ५ जना व्यक्तिहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला दाङ, तुलसीपुर उ.म.न.पा. ५ बस्ने अन्दाजी बर्ष १३। १४ की सिजता खातुन, अन्दाजी बर्ष १४।१५ को हर्सन बकस, अन्दाजी बर्ष १५।१६ को मसिम बकस,अन्दाजी बर्ष ४०।४२ को नजरदिन अली, अन्दाजी बर्ष ५।६ को आदिददिन अली रहेका छन् ।

                    मिति २०७८।१०।२८  गते राती अन्दाजी ०२:०० बजे बक्स बहादुर के.सी.को घरमा हुसेन बक्सले संचालन गरेको ईरम फुटवयर (जुत्ता चप्पल पसल) मा बिजुलीको तार सर्ट भई अचानक आगलागी भएको थियो ।  आगो नेपाल प्रहरी, नेपाल आर्मी ,सशस्त्र प्रहरी, दमकल र स्थानिय बासीको सहयोगमा बिहान ०७:१० बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगालागीबाट घर तथा पसलमा क्षती भएता पनि क्षतीको एकिन विवरण आउन बाँकी छ ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।