प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कपिलवस्तुबाट ५ थान लोड गरिएको भरुवा बन्दुक बरामद ।

२०७८-११-०२

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, वाणगंगा नगरपालिका वडा नं. ९ चौवा बस्ने बर्ष ६० को राम समुझ थारुको गोठबाट ५ थान लोड गरिएको एक नाले भरुवा बन्दुकहरु बरामद गरिएको छ । मिति २०७८।११।०१ गते १३:१० बजेको  समयमा विशेष सूचनाका आधारमा राम समुझ थारुको गोठ खानतलासी गर्दा गोठको  छानो मुनि प्लास्टिकले छोपी लोड गरिएका ५ थान एक नाले भरुवा बन्दुकहरु लुकाई राखिएको अवस्थामा फेला परेका थिए । बरामद गरिएका भरुवा बन्दुकहरु र राम समुझ थारुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।