प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चक्कुले बाबुको घाँटी रेटी हत्या ।

२०७८-११-०४

  • A
  • A-
  • A+
Share

दाङ, आफ्नै छोराले तरकारी काट्ने चक्कुले बाबुको घाँटी रेटी हत्या गरेका छन् ।  २०७८।११।०४ गते अन्दाजी १३:०० बजेको समयमा जिल्ला दाङ, शान्तिनगर गाउँपालिका वडा नम्बर ३ चिराघाटको बेलडाँडा बस्ने वर्ष ६३ को कर्ण बहादुर मगरलाई आफ्नै सहोदर कान्छो छोरा बर्ष १९ को गोपाल मगरले तरकारी काट्ने फलामको चक्कुले घाँटीमा रेटी हत्या गरेका हुन् ।  कर्म बहादुर मगरलाई मार्ने गोपाल मगरलाई प्रहरीले नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।