प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाघको आक्रमणबाट मानिसको मृत्यु:

२०७८-११-११

  • A
  • A-
  • A+
Share

बर्दिया, ठाकुरबाब नगरपालिका वडा नं. ४ मा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ४ सैनवार बस्ने दिल बहादुर थारुको श्रीमती वर्ष ४१ कि लिली चौधरी रहेकी छिन् । मिति २०७९८।११।१०  गते अन्दाजी २०:३० बजेको समयमा आफ्नै घरबाट ६० मिटर पूर्व बर्दिया राष्ट्रिय निकुञ्जको मध्यबर्दि क्षेत्र नजिकै दिसा पिसाब गर्न गएको अबस्थामा एक्कासी बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाइते भएकी चौधरीलाई उपचारका लागि भुरिगाँउ असिम अस्पताल प्रा.लि.मा लगिएकोमा सोही दिन २१:०० बजे उपचारको क्रममा मृत्यु भएको छ ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।