प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट घाइते:

२०७८-११-१२

  • A
  • A-
  • A+
Share

दाङ २०७८ फागुन १२, लमही नगरपालिका वडा नं. ६ बेलदमारमा आज विहान अन्दाजी ९:३५ बजेको समयमा काठमाण्डौबाट घोराहीतर्फ आउदै गरेको ना ६ ख ४१४९ नं. को बस र घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ज ८९४ नं. को उईङगर एक-आपसमा ठोकिदा निम्न लिखित ६ जना मानिसहरु घाइते भएका छन् । घाइतेहरुको लमहि अस्पतालमा उपचार भई रहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

निम्न घाईतेहरु:-

१.जिल्ला रोल्पा, रोल्पा नगरपालिका वडा नं. १ बस्ने बर्ष २२ की मुना कुँवर ।

२. जिल्ला रोल्पा, गंगादेव गाँउपालिका वडा नं. २ बस्ने बर्ष ३० की भगुमती डाँगी ।

३.जिल्ला सल्यान त्रिवेणी गाँउपालिका वडा नं. ३ बस्ने बर्ष ५३ को मोतिलाल वली ।

४.उईङ्गर चालक जिल्ला दाङ, दंगिशरण गाँउपालिका वडा नं. ५ बस्ने बर्ष ४१ को राजन के.सी. ।

५.जिल्ला दाङ, तुलसीपुर उ.म.न.पा. वडा नं. ६ बस्ने बर्ष २६ सुमित वली ।

६.जिल्ला रोल्पा सुनिलस्मृती गाँउपालिका वडा नं. १ बस्ने बर्ष ३४ की सिमा खत्री 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।