प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट घाइते:

२०७८-११-१२

  • A
  • A-
  • A+
Share

दाङ २०७८ फागुन १२, लमही नगरपालिका वडा नं. ६ बेलदमारमा आज विहान अन्दाजी ९:३५ बजेको समयमा काठमाण्डौबाट घोराहीतर्फ आउदै गरेको ना ६ ख ४१४९ नं. को बस र घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ज ८९४ नं. को उईङगर एक-आपसमा ठोकिदा निम्न लिखित ६ जना मानिसहरु घाइते भएका छन् । घाइतेहरुको लमहि अस्पतालमा उपचार भई रहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

निम्न घाईतेहरु:-

१.जिल्ला रोल्पा, रोल्पा नगरपालिका वडा नं. १ बस्ने बर्ष २२ की मुना कुँवर ।

२. जिल्ला रोल्पा, गंगादेव गाँउपालिका वडा नं. २ बस्ने बर्ष ३० की भगुमती डाँगी ।

३.जिल्ला सल्यान त्रिवेणी गाँउपालिका वडा नं. ३ बस्ने बर्ष ५३ को मोतिलाल वली ।

४.उईङ्गर चालक जिल्ला दाङ, दंगिशरण गाँउपालिका वडा नं. ५ बस्ने बर्ष ४१ को राजन के.सी. ।

५.जिल्ला दाङ, तुलसीपुर उ.म.न.पा. वडा नं. ६ बस्ने बर्ष २६ सुमित वली ।

६.जिल्ला रोल्पा सुनिलस्मृती गाँउपालिका वडा नं. १ बस्ने बर्ष ३४ की सिमा खत्री  ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।