प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रेड पाण्डाको छाला सहित मानिस नियन्त्रणमा

२०७८-११-१४

  • A
  • A-
  • A+
Share

दाङ, २०७८ फागुन १४ गते,

मिति २०७८/११/१३ गते अं.०७:०० बजेको समयमा जिल्ला दाङ, राप्ती गाउपालिका वडा नं. १ भालुवाङ पुलचोक स्थित भिजन होटलमा अवैध वन्य जन्तु ओखेटो पहार रेड पाण्डाको छाला कारोबार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ र ईलाका प्रहरी कार्यालय भालुबाङ दाङबाट खटिएको संम्युक्त टोलीले रेड पाण्डाको छाला जस्तो देखिने छाला थान- ५ सहित जिल्ला रोल्पा सुनिल स्मृती गाउपालिका वडा नं. ३ बस्ने वर्ष ४२ को राम बहादुर थापा, ऐ. लुङ्ग्री गाउपालिका वडा नं. ३ वस्ने वर्ष २० को रुपक खड्का र ऐ. सुनछहरी गाउपालिका वडा नं. ७ वस्ने वर्ष १९ को राम कुमार पुन मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०४-१९

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५३ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपालिका-१० बस्ने ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले अरूण कुमारको घर तलासी गर्दा थप ४ सय २५ ग्राम खैरो हेरोइन, नगद १ लाख ८० हजार नेपाली रूपैयाँ, २ लाख १४ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।