प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रेड पाण्डाको छाला सहित मानिस नियन्त्रणमा

२०७८-११-१४

  • A
  • A-
  • A+
Share

दाङ, २०७८ फागुन १४ गते,

मिति २०७८/११/१३ गते अं.०७:०० बजेको समयमा जिल्ला दाङ, राप्ती गाउपालिका वडा नं. १ भालुवाङ पुलचोक स्थित भिजन होटलमा अवैध वन्य जन्तु ओखेटो पहार रेड पाण्डाको छाला कारोबार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ र ईलाका प्रहरी कार्यालय भालुबाङ दाङबाट खटिएको संम्युक्त टोलीले रेड पाण्डाको छाला जस्तो देखिने छाला थान- ५ सहित जिल्ला रोल्पा सुनिल स्मृती गाउपालिका वडा नं. ३ बस्ने वर्ष ४२ को राम बहादुर थापा, ऐ. लुङ्ग्री गाउपालिका वडा नं. ३ वस्ने वर्ष २० को रुपक खड्का र ऐ. सुनछहरी गाउपालिका वडा नं. ७ वस्ने वर्ष १९ को राम कुमार पुन मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।