प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चितुवाको छाला सहित ३ जना नियन्त्रणमा:

२०७८-११-१६

  • A
  • A-
  • A+
Share

बाँके, बैजनाथ गाँउपालिका वडा नं. ५ गायत्री टोलबाट दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना मानिसहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला बाँके, बैजनाथ गाँउपालिका वडा नं. ५ बस्ने बर्ष २८ को याम बहादुर बिश्वकर्मा, जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३० को आकाश परियार र मधुवन नगरपालिका वडा नं. ९ बस्ने बस्ने बर्ष ५४ को लाल बहादुर बि.क. रहेका छन् ।

मिति २०७८।११।१५ गते अन्दाजी १५:४० बजेको गायत्री टोलको भित्री सडक बाटोमा  दुर्लभ बन्यजन्तु चितुवाको छाला ल्याईरहेका छन् भन्ने बिशेष सूचनाको आधारमा खटिई गएको प्रहरी टोलीले पैदल हिंडिरहेका याम बहादुर बिश्वकर्मा, आकाश परियार र लाल बहादुर बि.क.लाई चेकजाँच गर्ने क्रममा निजहरुले बोकी ल्याएको सेतो पलास्टिक कट्टाबाट चितुवाको छाला थान-१ (एक) बरामद गरिएको छ । बरामद गरिएको चितुवाको छाला र निज व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।