प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चितुवाको छाला सहित ३ जना नियन्त्रणमा:

२०७८-११-१६

  • A
  • A-
  • A+
Share

बाँके, बैजनाथ गाँउपालिका वडा नं. ५ गायत्री टोलबाट दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना मानिसहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला बाँके, बैजनाथ गाँउपालिका वडा नं. ५ बस्ने बर्ष २८ को याम बहादुर बिश्वकर्मा, जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३० को आकाश परियार र मधुवन नगरपालिका वडा नं. ९ बस्ने बस्ने बर्ष ५४ को लाल बहादुर बि.क. रहेका छन् ।

मिति २०७८।११।१५ गते अन्दाजी १५:४० बजेको गायत्री टोलको भित्री सडक बाटोमा  दुर्लभ बन्यजन्तु चितुवाको छाला ल्याईरहेका छन् भन्ने बिशेष सूचनाको आधारमा खटिई गएको प्रहरी टोलीले पैदल हिंडिरहेका याम बहादुर बिश्वकर्मा, आकाश परियार र लाल बहादुर बि.क.लाई चेकजाँच गर्ने क्रममा निजहरुले बोकी ल्याएको सेतो पलास्टिक कट्टाबाट चितुवाको छाला थान-१ (एक) बरामद गरिएको छ । बरामद गरिएको चितुवाको छाला र निज व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।