प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु ३ जना घाईते:

२०७८-११-१६

  • A
  • A-
  • A+
Share

दाङ, तुल्सिपुर उपमहानगरपालिका वडा नं. १८ दुधरासमा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको बा ३ ख ८६४३ नं. को हाईस र बिपरीत दिशाबाट आँउदै गरेको नम्बर नखुलेको  मोटरसाइकल एक आपसमा ठोकिई दुर्घटना हुँदा १ जनाको मृत्यु र ३ जना घाइते भएका छन् ।

 मिति २०७८/११/१५ गते अन्दाजी २१:१० बजे भएको उक्त दुर्घटनामा मोटरसाइकलको पेट्रोल ट्याङ्की अचानक पट्किदा मोटरसाइकलमा आगालागी भई पूर्णरुपमा क्षेती भएको छ भने हाइसमा समेत आगालगी भएको छ । मोटरसाईकलमा सवार जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मनिकापुर बस्ने बर्ष २१ को रेशम चौधरीको दुर्घटनामा परी मृत्यु भएको छ भने मोटरसाइकल चालक जिल्ला दाङ, तुल्सिपुर उपमहानगरपालिका वडा नं. १८ बस्ने बर्ष २३ को रमेश वली, हाईस चालक जि.दाङ तुलसीपुर उ.म.न.पा.-७ पर्सेनि बस्ने बर्ष २६ को करण परियार र हाईसमा सवार सोही घर भएका बर्ष २४ को कमल परियार घाइते भएका छन् । घाइतेहरुको हाल उपचार भई रहेको छ ।   

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-१०-२८

बाँके, नेपालगंज उपमहानगरपालिका-१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय १० मिलिग्राम सहित रूकुम पश्चिम घर भएका ३८ वर्षीय डम्बर बहादुर केसीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र प्रहरी बिट गणेशमान चोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, बैजनाथ गाउँपालिका-५ गुरूवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय बिरेन्द्र कुमार थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बेलहिया डण्डापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १६ ग्राम सहित गैडहवा गाउँपालिका-६ बस्ने २० वर्षीय मोहित केवट समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको   छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।                यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।