प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु ३ जना घाईते:

२०७८-११-१६

  • A
  • A-
  • A+
Share

दाङ, तुल्सिपुर उपमहानगरपालिका वडा नं. १८ दुधरासमा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको बा ३ ख ८६४३ नं. को हाईस र बिपरीत दिशाबाट आँउदै गरेको नम्बर नखुलेको  मोटरसाइकल एक आपसमा ठोकिई दुर्घटना हुँदा १ जनाको मृत्यु र ३ जना घाइते भएका छन् ।

 मिति २०७८/११/१५ गते अन्दाजी २१:१० बजे भएको उक्त दुर्घटनामा मोटरसाइकलको पेट्रोल ट्याङ्की अचानक पट्किदा मोटरसाइकलमा आगालागी भई पूर्णरुपमा क्षेती भएको छ भने हाइसमा समेत आगालगी भएको छ । मोटरसाईकलमा सवार जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मनिकापुर बस्ने बर्ष २१ को रेशम चौधरीको दुर्घटनामा परी मृत्यु भएको छ भने मोटरसाइकल चालक जिल्ला दाङ, तुल्सिपुर उपमहानगरपालिका वडा नं. १८ बस्ने बर्ष २३ को रमेश वली, हाईस चालक जि.दाङ तुलसीपुर उ.म.न.पा.-७ पर्सेनि बस्ने बर्ष २६ को करण परियार र हाईसमा सवार सोही घर भएका बर्ष २४ को कमल परियार घाइते भएका छन् । घाइतेहरुको हाल उपचार भई रहेको छ ।   

सम्बन्धित समाचार
अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ
२०८०-०८-२०

बर्दियाबढैयाताल गाउँपालिका-७ बाट १ जना र सोही गाउँपालिका-२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् । भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । यसैगरी बढैयाताल गाउँपालिका-२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका-१ ठूलो डाँफे बस्ने २२ वर्षीय रवी रसाईली समेत ३ जना रहेका छन् । प्रदेश २-०३-०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले  १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।