प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाइकल दुर्घटनाबाट मृत्यु:

२०७८-११-१६

  • A
  • A-
  • A+
Share

दाङ, तुल्सिपुर उपमहानगरपालिका वडा नं. ६ ओमशान्तिहल नजिक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

  मिति २०७८।११।१५ गते राती ९:०० बजे तुलसीपुर देखी उत्तरतर्फ जाँदै गरेको रा ५ प ४४९३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई बिद्युतको पोलमा ठोकिन जाँदा मोटरसाईकल चालक तुल्सिपुर उपमहानगरपालिका वडा नं. ६ हात्तिखौवा बस्ने बर्ष ३० को मोहन सुनारको ढाडमा चोट लागी घाईते भई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाईएकोमा राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरले मेडिकल कलेज कोहलपुर  नेपालगंज रिफर गरेकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर नेपालगंजमा लैजादै गर्दा बाटोमा नै विहान ३;३० बजे मृत्यु भएको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।