प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाइकल दुर्घटनाबाट मृत्यु:

२०७८-११-१६

  • A
  • A-
  • A+
Share

दाङ, तुल्सिपुर उपमहानगरपालिका वडा नं. ६ ओमशान्तिहल नजिक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

  मिति २०७८।११।१५ गते राती ९:०० बजे तुलसीपुर देखी उत्तरतर्फ जाँदै गरेको रा ५ प ४४९३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई बिद्युतको पोलमा ठोकिन जाँदा मोटरसाईकल चालक तुल्सिपुर उपमहानगरपालिका वडा नं. ६ हात्तिखौवा बस्ने बर्ष ३० को मोहन सुनारको ढाडमा चोट लागी घाईते भई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाईएकोमा राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरले मेडिकल कलेज कोहलपुर  नेपालगंज रिफर गरेकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर नेपालगंजमा लैजादै गर्दा बाटोमा नै विहान ३;३० बजे मृत्यु भएको छ ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।