प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हतियार सहित ३ जना व्यक्ति नियन्त्रणमा

२०७८-११-१८

  • A
  • A-
  • A+
Share

बाँके, डुडुवा गाउपालिका वडा नं. ४ राप्‍ती पुल स्थितबाट हतियार सहित ३ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. १८ कारकाँदो बस्ने वर्ष २९ को सुसान्त के.सी., ऐ.ऐ. १२ कोरियनपुर बस्ने वर्ष अंदाजी २८ को दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३२ को द्धारीका उपाध्याय रहेका छन् ।


मिति २०७८।११।१७ गते  २१:०० बजेको समयमा राप्ती पुल स्थित गोली पड्किएको जस्तो आवाज सुनि ईलाका प्रहरी कार्यालय बनकट्टी 'क' बाँकेबाट प्रहरी टोली खटिई गई नेपालगंज देखि राप्ती नदी तर्फ जाँदै गरेको चालक सुसान्त के.सी.ले चलाएको बाग्मति प्रदेश ०१-०२५ च ३०९७ नं.को गाडीलाई चेकजाँच गर्ने क्रममा गाडीको सिट पछाडीको ब्यागमा लुकाई छिपाई राखेको made in USA लेखेको अटोमेटिक पेस्तोल थान-१(एक), ऐ. को गोली ९ राउण्ड, खुडा थान-१, (एक), नोक थान-२(दुई) बरामद गरिएको छ । बरामद गरिएको हतियार र निज व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।