प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हतियार सहित ३ जना व्यक्ति नियन्त्रणमा

२०७८-११-१८

  • A
  • A-
  • A+
Share

बाँके, डुडुवा गाउपालिका वडा नं. ४ राप्‍ती पुल स्थितबाट हतियार सहित ३ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. १८ कारकाँदो बस्ने वर्ष २९ को सुसान्त के.सी., ऐ.ऐ. १२ कोरियनपुर बस्ने वर्ष अंदाजी २८ को दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३२ को द्धारीका उपाध्याय रहेका छन् ।


मिति २०७८।११।१७ गते  २१:०० बजेको समयमा राप्ती पुल स्थित गोली पड्किएको जस्तो आवाज सुनि ईलाका प्रहरी कार्यालय बनकट्टी 'क' बाँकेबाट प्रहरी टोली खटिई गई नेपालगंज देखि राप्ती नदी तर्फ जाँदै गरेको चालक सुसान्त के.सी.ले चलाएको बाग्मति प्रदेश ०१-०२५ च ३०९७ नं.को गाडीलाई चेकजाँच गर्ने क्रममा गाडीको सिट पछाडीको ब्यागमा लुकाई छिपाई राखेको made in USA लेखेको अटोमेटिक पेस्तोल थान-१(एक), ऐ. को गोली ९ राउण्ड, खुडा थान-१, (एक), नोक थान-२(दुई) बरामद गरिएको छ । बरामद गरिएको हतियार र निज व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।