प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध र पेस्तोल सहीत मानिस नियन्त्रणमा:

२०७८-११-२३

  • A
  • A-
  • A+
Share

बाँके, खजुरा गाँउपालिका वडा नं. १ बहादुरपुर बस्ने वर्ष २५ को  गल्क्षी भन्ने  रबिन्द्र थापाको साथबाट ९० (नब्बे) ग्राम लागूऔषध ब्राउनसुगर र अटोमेटिक पेस्तोल बरामद भएको छ ।

लागूऔषध कारोवार भइरहेको छ भन्ने विषेश सूचनाको आधारमा मिति २०७८।११।२२ गते अन्दाजी १९:२५ बजे प्रहरी टोलीले गल्क्षी भन्ने रबिन्द्र थापाको घर खानतलासी गर्ने क्रममा निजको साथबाट ९० (नब्बे) ग्राम लागूऔषध ब्राउनसुगर र निज सुत्ने कोठाबाट कालो कलरको म्याग्जिन नभएको अटोमेटिक पेस्तोल थान-१ फेला परेको छ । साथै, निजसंग कारोबार गर्ने जिल्ला बाँके खजुरा गाँउपालिका वडा नं. २ बस्ने बर्ष २७ को मनिस थापा, र नेपालगंज उपमहानगरपालिका वडा नं. १३ भृकुटीनगर बस्ने वर्ष २८ को सुरेश रोका मगर सहित तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।