प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध र पेस्तोल सहीत मानिस नियन्त्रणमा:

२०७८-११-२३

  • A
  • A-
  • A+
Share

बाँके, खजुरा गाँउपालिका वडा नं. १ बहादुरपुर बस्ने वर्ष २५ को  गल्क्षी भन्ने  रबिन्द्र थापाको साथबाट ९० (नब्बे) ग्राम लागूऔषध ब्राउनसुगर र अटोमेटिक पेस्तोल बरामद भएको छ ।

लागूऔषध कारोवार भइरहेको छ भन्ने विषेश सूचनाको आधारमा मिति २०७८।११।२२ गते अन्दाजी १९:२५ बजे प्रहरी टोलीले गल्क्षी भन्ने रबिन्द्र थापाको घर खानतलासी गर्ने क्रममा निजको साथबाट ९० (नब्बे) ग्राम लागूऔषध ब्राउनसुगर र निज सुत्ने कोठाबाट कालो कलरको म्याग्जिन नभएको अटोमेटिक पेस्तोल थान-१ फेला परेको छ । साथै, निजसंग कारोबार गर्ने जिल्ला बाँके खजुरा गाँउपालिका वडा नं. २ बस्ने बर्ष २७ को मनिस थापा, र नेपालगंज उपमहानगरपालिका वडा नं. १३ भृकुटीनगर बस्ने वर्ष २८ को सुरेश रोका मगर सहित तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।