प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रेड पाण्डाको छाला सहित मानिस नियन्त्रणमा

२०७८-१२-०६

  • A
  • A-
  • A+
Share

बाँके, २०७८ चैत ०६ गते,

मिति २०७८।१२।०६ गते १२ः०० बजेको  समयमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. १२ कोरियनपुर स्थित रहेको होटेल अन्जना एण्ड लजमा लोप उन्मुख बन्यजन्तुको कारोबार भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको सादा पोसाकको टोलिले उक्त होटलको कोठा नं. १०५ मा चेकजाँच गर्दा खाटमा प्लाष्टिकको थैलोमा लुकाई राखेको अबस्थामा  रेड पाण्डाको छाला २ थान सहित जिल्ला डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३६ को हर्क बहादुर बि.क., ऐ.ऐ. बस्ने वर्ष २३ को बिकेश बोहरा, ऐ.ऐ. ११ बस्ने वर्ष २२ को रामकृष्ण शाही र ऐ. ठुली भेरी नगरपालिका वडा नं. १ बस्ने वर्ष २५ को सुखराम बि.क.लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य  भईरहेको ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।