प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध चरेस सहित मानिस नियन्त्रणमा

२०७८-१२-०६

  • A
  • A-
  • A+
Share

बाँके, चैत ०६ गते,

मिति २०७८।१२।०६ गते १२ः४५ बजेको समया जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. २ पुष्पलाल चोक स्थित रहेको स्याङ्जा गेष्टहाउसको कोठा नं. ७ मा बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको सादा पोसाकको टोलिले चेकजाँच गर्ने क्रममा खाटको सिरानी पछाडी प्लाष्टिकको थैलोमा लुकाई छिपाई राखेको अबस्थामा ३ के.जी. लागूऔषध चरेस सहित जिल्ला कालिकोट खाडा चक्र नगरपालिका वडा नं. ९ बस्ने वर्ष २५ को प्रबिण बिष्‍ट र ऐ.ऐ. वडा नं. ७ बस्ने वर्ष २३ को राज बहादुर कार्कीलाई  नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।