प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा कमाण्डो तालिमको दिक्षान्त समारोह सम्पन्न ।

२०७८-१२-२२

  • A
  • A-
  • A+
Share

नवलपरासी (पश्चिम), नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित सातौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा मंगलबार सम्पन्न भएको छ ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सम्बोधनको क्रममा प्रशिक्षार्थीहरूलाई तालिममा हासिल गरेका युक्तिहरूलाई व्यक्तिगत लाभ भन्दा पनि नागरिकको सुरक्षाको लागि प्रयोग गरी नागरिकले सुरक्षाको अनुभूति गर्ने गरी अदम्य साहस र उर्जाका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । सवै प्रहरी कर्मचारीले आफ्नो पेशाप्रति गर्व गर्नुपर्ने चर्चा गर्दै उहाँले स्वअनुशासनको पालना गर्दै संगठनको छविलाई उच्च राख्न लाग्नुपर्नेमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन समेत दिनुभयो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक मसऊद आलम खाँले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक मेख बहादुर कुँवरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ४ जना, प्रहरी सहायक निरीक्षक ८ जना र प्रहरी जवान ९२ जना गरी जम्मा १ सय ४ जनाको सहभागिता रहेको जानकारी दिनुभयो ।

उक्त समारोहमा प्रशिक्षार्थीहरुले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन, स्याण्ड मोडल बिफ्रिङ, हतियार खोलजोड डेमोन्स्ट्रेसन, बाधापार डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए ।

समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी, नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।