प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध ब्राउन सुगर सहित मानिस नियन्त्रणमा

२०७८-१२-३०

  • A
  • A-
  • A+
Share

बाँके, २०७८ साल चैत्र ३०

जिल्लाको कोहलपुर नगरपालिका वडा नं.१२ बाट ८० ग्राम लागूऔषध खैरो हिरोइन सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोहि घर भएका ३० वर्षिय मुन्ना भन्ने जगत के.सी. रहेका छन् ।

मिति २०७८।१२।२९ गते अं.१६:०० बजेको समयमा जिल्ला बाँके, कोहलपुर नगरपालिका वडा नं. १२  रोहिनी खोला स्थित राजमार्ग सडक खण्डमा अवैध लागूऔषध ब्राउन सुगर (खैरो हिरोईन) को कारोवार हुँदै छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटीगई चेकजाँच गर्ने क्रममा मुन्ना भन्ने जगत के.सी.लाई  खान तलासी गर्दा निजले दायाँ हातमा समाती राखेको रातो रङको कपडाको झोला भित्रबाट रातो रङको प्लाष्टिकले लपेटी राखेको ८० ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखीने धुलो पदार्थ र निजले प्रयोग गरेको भे.१२ प.२९०नं. को  स्कुटर बरामद गरिएको छ । निज मुन्ना भन्ने जगत के.सी.लाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।